तेजाब छ्यापिँदा देशकै अनुहार कुरूप देखेर अभियान थालेँ

आयोमेल

काठमाडौँ

गजेन्द्र बाेहरा 

तेजाब आक्रमण विरुद्धका अभियानमा अविछिन्न जोडिएको एउटा नाम हो- उज्ज्वलविक्रम थापा। न उनको कुनै संघ छ, न कुनै संस्था

यो अभियानका उनी एक्ला अभियन्ता हुन्। ६ वर्षअघि तेजाब आक्रमणमा परेकाहरूलाई उनले आफ्नै सन्तानजसरी स्याहार्न थाले।

उनीहरूको उपचारदेखि पुनर्स्थापनासम्मका काममा एक्लै खटिए। ६ वर्षअघि समाजसेवाको यो बाटोमा मोडिएका थापाले तेजाब आक्रमणमा परेका १३ जनालाई प्रत्यक्ष सहयोग गरिहेका छन्। 

अहिलेसम्म नेपालमा १७ वटा यस्ता घटना भइसकेका छन् र १९ जना तेजाब आक्रमणमा परेका छन्। 

न कुनै भीड जम्मा गरेर उनी माइतीघर मण्डल पुगे, न कहिल्यै चर्का भाषण गरे। यहाँसम्म कि उनले सरकारसँग पैसा पनि मागेनन्। 

उनले सधैं एउटामात्रै चिज मागे- तेजाब आक्रमणकारीलाई सजाय दिनका लागि कडा कानुन। र, अन्ततः बिहीबार उनको यो अभियान सफलताको एउटा बिन्द‌ुमा पुगेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणकारीलाई कारबाही गर्नका लागि १५ दिनभित्र कानुनको मस्यौदा बनाउन निर्देशन दिएका छन्। यिनै सन्दर्भमा रहेर समाजसेवी थापासँग आयोमेलका गजेन्द्र बोहराले गरेको कुराकानी:

प्रकाशित मिति: : 2020-09-11 21:09:50

प्रतिकृया दिनुहोस्