एसईईको ग्रेडिङ कलेजले मानेनन्, ११ भर्ना हुन मागे ९ कक्षाको मार्कसिट

आयोमेल

काठमाडौँ

अनिता श्रेष्ठ

मिसन (नाम परिवर्तित) लाई ख्वप माध्यमिक विद्यालय भक्तपुरमा कम्प्युटर साइन्स लिएर पढ्ने ठूलो इच्छा थियो। त्यही इच्छा पूरा गर्न इन्ट्रान्स (प्रवेश) परीक्षाको तयारीमा लागे। 

जाँच दिए र पास पनि भए। कलेजले भर्ना गर भनेर एसएमएस पनि पठायो। तर, जब कम्प्युटर साइन्सको लिस्ट (सूची) मा आफ्नो नाम देखेनन् तब निराश भए। 

उनले विद्यालय प्रशासनमा फोन गरी किन यस्तो भयो भनेर सोधे। अनि बल्ल थाहा भयो– उनको ९ कक्षाको गणित विषमा ग्रेड नै पुगेको रहेनछ।

विद्यालयले उनको परीक्षा लिनुअघि एसईईसँगै कक्षा ९ को पनि मार्कसिट मगाएको थियो। त्यही मार्कसिटका आधारमा उनले आफूले चाहेको ठाउँमा चाहेको विषय पढ्न पाएनन्।

निराश भएर आफू पढेको विद्यालयमा सोही विषयको लागि परीक्षा दिएर नतिजाको पर्खाइमा छन्।

उक्त विद्यालयले भने कम्प्युटर साइन्स पढ्न उनको ग्रेड पुग्ने भएकाले अनुमति दिइएको हो। 

प्रकाशित मिति: : 2020-09-12 08:05:14

प्रतिकृया दिनुहोस्