राजनीतिक आडमा नयाँ बीमा कम्पनी दर्ता गराउन दबाब दिने काे काे हुन् ?

शिलापत्र

काठमाडौँ

रमेश भारती

बीमाक्षेत्रकाे नियामक बीमा समितिले नयाँ बीमा कम्पनी दर्ता गर्ने प्रक्रिया बन्द गरेको छ । समितिले २०६० सालयता नयाँ बीमा कम्पनी दर्ता गरेको छैन ।

हाल बीमा समितिलाई कम्तीमा एकसहित दुई निर्जीवन र एक जीवन बीमा कम्पनी दर्ताका गर्न दबाब आइरहेको छ । यी कम्पनी दर्ता गर्नका लागि समितिलाई सरकार पक्ष र प्रमुख प्रतिपक्ष दल निकटहरूबाटै दबाब आएकाे बताइन्छ ।

जनरल इन्स्योरेन्स, मनकामना इन्स्योरेन्स कम्पनी (जनरल) अभियान इन्स्योरेन्स र स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स दर्ताका लागि समितिलाई दबाब छ । 

कांग्रेसकी नेतृ आरजु राणा र नेकपाका केही नेताको लगानी रहेका बीमा कम्पनी दर्ता गराउन ४ महिनादेखि दबाब आइरहेको बीमा समितिका एक कर्मचारीले बताए ।

प्रकाशित मिति: : 2020-09-13 17:16:21

प्रतिकृया दिनुहोस्