एभर्टनसँग टोटनहम पराजित

एजेन्सी

हट्सपर

टोटनहम एभर्टनसँग पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहम एभर्टनसँग १–० गोलले पराजित भएको हो ।
 
टोटनमहा हट्सपर मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा पाहुना टोली एभर्टनले गोल गर्दै घरेलु लिगमा सुखद सुरुवात गरेको छ ।
 
पाहुना टोली एभर्टनलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल डोमिनिक कल्भेर्ट लेबिनले गरे । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै एभर्टनलाई जित दिलाए। 

मैदानको बाया भागबाट लुकास डिग्नेले गरेको फ्री किक प्रहारलाई डोमिनिकले हेडरमातर्फ गोल गरेका थिए । 

त्यसपछि दुबै टोलीबाट कुनै थप गोल हुन नसक्दा खेल एभर्टनले १–० ले जितेको हो । यस जितसँगै एभर्टनले अंक तालिकामा तीन अंक जोडेको छ । पराजित टोटनहामले भने लिगमा खराव सुरुवात गरेको छ ।

प्रकाशित मिति: : 2020-09-13 23:39:41

प्रतिकृया दिनुहोस्