कोरोना भ्याक्सिनबारे भ्रम र यथार्थ: बाछाबाछीको मुटु कि प्रोटिनको टुक्रा?

देशसञ्चार

काठमाडौँ

प्रतिभा चन्द 

विश्वका विभिन्न देशहरुले कोरोना भाइरस विरुद्ध खोप बनाइरहेको छन्। कोरोना भाइरस विरुद्ध बनेका खोप ट्रायल फेजमा छ। कतिपय देशले सुरु गरिसकेका छन् भने कतिपय देशले खोपलाई ट्रायलको रुपमा सुरु गर्ने अनुमति पाएका छन्।

ट्रायलमा पुगेको उक्त खोप गर्भवती गाईको बच्चाको रगतबाट बन्ने जागृत रायमाझीले बताएका छन्।

आफूलाई अभियन्ता र राजनीतिज्ञका रुपमा चिनाउँदै आएका रायमाझीले सगरमाथा टेलिभिजमा केही दिन अगाडि प्रश्न समय नामक कार्यक्रममा गर्भवती गाईलाई मारेर उसको बच्चाको मुटुको रगतबाट खोप बन्ने गरेको बताएका छन्।

कार्यक्रममा बोल्दै गरेका रायमाझी भ्याक्सिनको कुरा निकाल्छन् र भन्छन्, ‘यूरोपमा कत्रो जुलुस निस्किसकेपछि विश्व स्वास्थ्य संगठनले भन्यो कि यूरोपमा भ्याक्सिन जरुरी छैन अब। भनिसक्यो यूरोपियनहरु पछि हेर्नु होला इङ्ल्याण्डमा, रसियामा, जर्मनी, स्कटल्याण्ड, अष्ट्रेलिया, बेलारुस यी सबै भएपछि विश्व स्वास्थ्य संगठनले के भन्यो भने ल अब यूरोपमा लकडाउन जरुरी छैन। तर नेपालीले त्यो भन्ने स्थिति अहिलेसम्म देखा परेको छैन। भनेपछि के गर्नु पर्‍यो त भन्दा भ्याक्सिनको ट्रायल गर्न नमान्ने भए। र मानिसहरुलाई भ्याक्सिनको ट्रायल गर्नु पर्ने भयो।’

प्रकाशित मिति: : 2020-09-14 20:10:07

प्रतिकृया दिनुहोस्