जो विद्यालय जाँदैनन्

 

गोविन्द महतो

छेउँमै दलित स्कुल छ, सदा पूर्वप्राथमिक विद्यालय। तर, मुसहर समुदायका बालबालिका सो विद्यालयमा पढ्न जाँदैनन्। अभिभावकको नागरिकता नभएपछि जन्मदर्ता नहुँदा मुसहर समुदायका बालबालिका पठनपाठनबाट वञ्चित छन्।

प्रदेश २ का धेरै स्थानीय तहमा बालबालिका पोषण अभियान, प्रदेश सरकारको मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्ता गतिविधि चलिरहेको छ। महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित मुसहर बस्तीको सदा टोलका बालबालिकालाई भने यस्तो अभियानले छुन सकेको छैन। अति विपन्न मुसहर समुदायको बसोबास भएको यो बस्तीमा सरकारको अभियान शून्य छ।

प्रकाशित मिति: : 2020-09-15 09:41:42

प्रतिकृया दिनुहोस्