ललिता निवास जग्गा प्रकरण : धमाधम अदालत उपस्थित हुँदै आरोपित

नेपाल लाइभ

काठमाडौं

ललिता निवास जग्गा प्रकरणका आरोपितहरु धमाधम विशेष अदालतमा हाजिर हुन थालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  यीमध्ये धेरै जना यतिबेला अदालतमा उपस्थित हुन थालेका छन्।

आयोगले २०७६ माघ २२ गते नेपाली कांग्रेसमा महामन्त्री विजयकुमार गच्छदारसहित भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध पनि मुद्दा दायर गरेको थियो।  विशेष अदालतले उनीहरुलाई फागुनमै अदालत उपस्थित हुन म्याद जारी गराएको थियो। 

लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेका छन्। विशेष अदालतमा आइतबार मालपोत कार्यालयमा तत्कालीन नासु श्रीहरि पुडासैनी उपस्थित भएका थिए।  उनलाई विशेषले ५० हजार धरौटी माग गरेको थियो । विशेष अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीसहितको इजलाशले धरौटीमा छोडेको थियो। अख्तियारले उनसँग ४२ लाखको विगो दावी गरेको थियो। सरकारी जग्गा व्यक्तिको बनाउन सिफारिस गरेको आरोप उनीमाथि थियो। 

प्रकाशित मिति: : 2020-09-15 11:46:16

प्रतिकृया दिनुहोस्