महिला हिंसाका घटनामा वृद्धि

रासस

धादिङ
सांकेतिक तस्बिर

जिल्लामा बालिका र महिलामाथि हुने हिंसाका घटना बढिरहेका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जबर्जस्ती करणीका २३, हाडनाता करणीका दुई , जबर्जस्ती करणी उद्योगका १३ र बालयौन दुरुपयोगका दुई वटा घटना दर्ता भएका थिए। 
  
कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी उपरीक्षक जयन्ती थापाले महिलामाथि हुने सबैप्रकारका हिंसा न्युनिकरण गर्न उच्च प्राथमिकताका साथ  काम गरिरहेको जानकारी दिइन्। एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट समस्यामा परेका महिलालाई सहयोग हुँदै आएको जनाइएको छ।

प्रकाशित मिति: : 2020-09-15 14:56:22

प्रतिकृया दिनुहोस्