सामाजिक सञ्जालले कसरी हामीलाई एडिक्ट बनाउँछ?

देशसञ्चार

काठमाडौँ

 टंक ढकाल 

‘धेरै राम्रा परिवर्तनहरु भएका छन्। बिछोडिएका आफन्त भेटिएका छन्। कतिले यही माध्यमबाट अंगदाता पाएर जीवन बाँचेका छन्। यी माध्यमहरुले विश्वमा धेरै संरचनागत राम्रा परिवर्तन ल्याएका छन्। तर यसको अर्को पाटो पनि छ, जसको प्रभाव हामीले सोच्न सक्ने भन्दा विकराल र टड्कारो छ।’

पिन्टरेस्टका पूर्वअध्यक्ष टिम केन्डलले हाल हाल निकै चर्चामा रहेको वृतचित्र ‘द सोसल डिलेमा’ मा भनेका हुन् यी कुरा। फेसबुकको विज्ञापन विभागको निर्देशकका रुपमा समेत काम गरेका उनी हाल मोमेन्ट नामक एप्लिकेशनका सिइओ हुन्।

नेट्फ्लिक्सका लागि जेफ अरलोस्कीको निर्देशनमा तयार पारिएको वृत्तचित्र ‘द सोसल डिलेमा’ अगस्टको अन्तिम साता रिलिज भयो। यस वृत्तचित्रमा सामाजिक सञ्जालले मानव समुदायमा पारेको गम्भीर मनोसामाजिक प्रभावलाई केन्द्र बनाएएको छ र सो विषयलाई प्रविधि क्षेत्रको विश्वकै राजधानी मानिने सिलिकन भ्यालीमा रहेर नेतृत्वदायी भूमिकामा काम गरिसकेका केन्डलसहितका व्यक्तिसँग कुराकानीका आधारमा प्रस्तुत गरिएको छ।

ट्रिस्टान ह्यारिसले गुगलमा डिजाइन एथिसिस्टका रुपमा काम गरे। ‘गुगलमा बसेर काम गर्दा विशेष गरी म जिमेलमा एडिक्टेड भएँ। काम गर्दै जाँदा प्रविधिगत कुराले पार्ने प्रभाव प्रविधि उद्योगले मात्रै होइन, प्रयोगकर्ताले पनि थाहा पाउनु पर्न भन्ने लाग्यो। तर उद्योग भित्र यस्तो विषयलाई कुनै स्थान नै छैन। केन्द्र जहिले मुनाफा नै रहन्छ।’

प्रकाशित मिति: : 2020-09-15 15:13:50

प्रतिकृया दिनुहोस्