बोर्नमाउथले क्रिष्टल प्यालेसलाई ११–१० ले हरायो

एजेन्सी

काठमाडौं

लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बोर्नमाउथले टाइब्रेकरमा क्रिष्टल प्यालेसमाथि ११–१० गोल अन्तरमा जित दर्ता गरेको छ ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयमा कुनै पनि गोल ननिस्किएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटमा लिइएको थियो । पेनाल्टी सुटआउट पनि निकै रोमाञ्चक बनेको थियो । दुई टोलीले कुल २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११–१० ले विजयी हुदै दोस्रो चरणका पुग्न सफल भयो ।

दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए । ११ औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुकेका थिए । १२ औं प्रहारमा बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिचको प्रहार बर्नमाउथका गोलरक्षकले एस्मिर बेगोभिकले बचाउदै जित दिलाए।

बर्नमाउथका डाभिड ब्रुक्स, साम सुरिज, फिलिप बिलिङ, लोयड केल्ली, डोमिनिक सोलांके, ज्याक सिम्पसन, डान गोस्लिङ, जेफर्सन लेर्मा, नाम्दी ओफोबोर र जोर्डन जेमुराले गोल गर्दा गोलरक्षक एस्मिर बेगोभिच चुके ।

क्रिस्टल प्यालेसका लुका मिलिभोजेभिक, मिचे बात्सुयाई, एन्डोर्स टाउट सेन्ड, इविरेची इजी, जोर्डन एयु, म्यास मेयर, मामोडोउ साको, मार्टिन केल्ली, रायन इनिस र जारोस्ला ज्याकले गोल गर्दा ११औं पेनाल्टीमा गोलरक्षक वायन हेनेसी गोल गर्नबाट चुके ।

बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ।

प्रकाशित मिति: : 2020-09-16 06:27:26

प्रतिकृया दिनुहोस्