यी व्यवसाय, जसले महामारीलाई अवसर बनाए

हिमाल खबर

काठमाडौँ

राजु बास्कोटा 
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले ११ चैतदेखि बन्दाबन्दी घोषणा गर्दा बजारमा मास्क तथा स्यानिटाइजरको चरम अभाव थियो। अभावका वेला मास्कमा कालोबजारी बढेर व्यापारीहरूले रु.५/१० पर्ने एउटा मास्क चार गुणा बढीसम्ममा बेचे।

त्यो अवस्थामा मास्कको अभाव पूरा गर्न तत्कालै आईएमएस ग्रुपले नेपालमै सर्जिकल मास्क उत्पादन शुरु गर्‍यो। दैनिक ५० हजारदेखि ६० हजार थान मास्क उत्पादन गरेर बजारमा पठाउन थालेपछि अभाव विस्तारै सहज हुँदै गएको आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा बताउँछन्। 

त्यो वेला आफूहरूको उद्देश्य नै नाफा कमाउने भन्दा पनि बजारमा मास्कको उपलब्धता सहज पारेर कालोबजारी रोक्ने रहेको मल्होत्रा बताउँछन्। “हामीले बजारको तत्कालीन आवश्यकता पूरा गर्न मास्क उत्पादन गरेर लागत मूल्यमा नै बिक्री गर्नेदेखि कर्पोरेट सामाजिक दायित्व अन्तर्गत निःशुल्क वितरण समेत गरेर सहज वातावरण बनायौं”, उनी भन्छन्। 

बजारमा मास्कको सहज उपलब्धता भएपछि र अन्य कम्पनी समेत थपिएपछि भने मास्क उत्पादनको दायरा बढाउने गरी अहिले अर्कैलाई जिम्मा दिएको उनी बताउँछन्। उनका अनुसार, उत्पादन शुरु गर्दाको साझेदारले बजारमा सस्तोमै केएन ९५ मास्क उपलब्ध गराउन उत्पादन शुरु गरेको छ।
 

प्रकाशित मिति: : 2020-09-16 16:05:50

प्रतिकृया दिनुहोस्