म पार्टी अध्यक्षमा उठ्ने-नउठ्ने तय भइसकेको छैन: माधव नेपाल

देशसञ्चार

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वैशाखदेखि पेचिलो रुपमा बढ्दै गएको विवाद भदौ २५ सम्म आइपुग्दा समाधान भएको छ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक भएपछि विवाद चुलिदै गएको थियो। वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको अवधारणामा जानुपर्ने अडान लिइरहेका छन्।

यो बिचमा पार्टीमा फुट हुने संकेतहरु पनि देखा परे। तर पछिल्लो समय केही विषयमा समझदारी बनेपछि भने पार्टी फुटको दुर्घटनाबाट जोगिएको छ। यिनै विषयमा केन्द्रीत रहेर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीले लामो समय देखिको विवाद समाधान गरेको छ। तर पनि विभिन्न नेताहरुका अभिव्यक्तिबाट अझै पूर्ण रुपमा समाधान भएको भन्ने देखिँदैन । के अझै पनि विमेल कायम रहेको अवस्था हो?

सधैभरी हाम्रो प्रयास पार्टीलाई ट्रयाकमा लयाउने, अगाडि बढाउने, गति प्रधान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न अधिकतम उत्पत्ति हासलि गर्ने त्यो नै हाम्रो प्रयत्न हुनुपर्दछ। नभए संगठन नामको चिजको अर्थ र औचित्य रहदैन।

पार्टी नामको चिजको अर्थ र औचित्य रहदैन । त्यसैले हामीले केही धेरै छलफल बहसपछि एउटा सहमतिको बुदा अगाडि सारेका छौं । सहमतिका बुदाहरु भित्र पनि कतिपय कुरामा अझै ज्यादै जोड दिनका लागि मैलेपनि १७ बुँदा भनौं वा ६१ बुँदा भनौं त्यसलाई पनि मैले प्रस्तुत गरेको छु । जसले गर्दाखेरी केही कुराहरुमा ध्यान जान सकोस ।

पार्टीका कमरेडहरुले स्थायी कमिटीका सदस्यहरुले लिखित रुपमा वा मौखिक रुपमा आफ्ना कुराहरु वा सुझावहरु राख्नुभएको छ । ती सबै चिजलाई सचिवालयका सदस्य कमरेडहरुले पनि राख्नुभएको छ । त्यो सबैचिजहरुलाई ध्यानमा राखेर पार्टी अवस्यपनि अगाडि बढ्नुपर्छ । त्यो बाहेक कुनै विकल्प अर्को छैन् ।

प्रकाशित मिति: : 2020-09-16 20:27:56

प्रतिकृया दिनुहोस्