जनकपुरधाम-कुर्था-जयनगर चल्ने रेल जयनगर आइपुग्यो

जनकपुर-जयनगर चल्ने रेल भारतको जयनगर आइपुगेको छ। रेल्वे विभागले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी नेपालको सीमामा बिहिबार ल्याएको हो।

लामो समयको प्रतिक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल भारतको सीमा जयनगरमा ल्याएको हो।

सो रेल भोलि परीक्षणका लागि जनकपुर आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाजीपुरबाट नेपाल भारतको सिमा जयनगर ल्याउन चार घण्टा लागेको थियो।

लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछी स्थानीय उत्साहित भएका छन्। झण्डै दुई वर्षदेखि रेल आउने भनेपनि आएको थिएन तर हाल जयनगरसम्म रेल आइसकेकोले अब भने रेल सञ्चालनमा आउने स्थानीय विश्वस्त भएका छन्।

रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको  लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ । रेलका सेट नेपाल ल्याउने तयारी गरिएको भएपनि उद्घाटन गर्ने कुनै योजना नरहेको महानिर्देशक मिश्रले जानकारी गराए । 

सम्भव भए भोलि नत्र यस हप्ता भित्र रेल जनकपुर आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।

रेल विभागले रेल सञ्चालनका लागि विभिन्न २९ वटा पदको लागि करारमा कर्मचारी समेत  माग गरेको छन्

प्रकाशित मिति: : 2020-09-17 21:42:00

प्रतिकृया दिनुहोस्