जयनगर-जयनगर चल्ने  चिटिक्क परेकाे नेपालकाे रेल (हेर्नुस् तस्विर)

भारतबाट नेपाल सरकारले खरिद गरेको रेल बिहीवारसाँझ नेपाल-भारत सीमाको जयनगर आइपुगेको थियो। जयनगरबाट जनकपुरको लागि हिँडेको रेल केहीबेरपछि जनकपुर स्टेसन आइपुग्ने नेपाल रेल्वेका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए। 

शुक्रबार नवनिर्मित रेलको परीक्षण रहेको र अन्य सम्पूर्ण तयारी पूरा भइसकेपछि विधिवत सञ्चालनमा आउने उनले बताए। 

भारतबाट रेल आउने भएपछि रेल हेर्न बिहानैदेखि जनकपुर रेल्वे स्टेशनमा सर्वसाधारणको भीड लागेको छ। रेल्वे स्टेशनसहित एक डेढ किलो मिटर टाढासम्म रेल्वे लाइनको दुबैतर्फ सर्वसाधारण जम्मा भएका छन्।

यही दशैँसम्म नेपालीले नेपालको रेल चढ्न पाउने छन् । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल चलाउन दुई वटा नेपाली रेल आज जनकपुर आउँदै छन्। नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल सेट आज दिउँसो जनकपुर आइपुग्ने रेल विभागले जनाएको छ । 

रेलसम्बन्धी बिधेयक संघीय संसद्‍मा छलफलका क्रममा छ । आवश्यक कानुन बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याइने विभागले जनाएको छ । रेल चलाउन रेल्वे विभागले १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिसकेको छ । कर्मचारी भर्नालगत्तै रेल चल्नेछ ।  

हेर्नस् नेपाली रेलः

प्रकाशित मिति: : 2020-09-18 13:34:06

प्रतिकृया दिनुहोस्