छोरीको स्मृतिमा पत्रकार गोपाल काफ्लेद्धारा अपाङ्ता छोराछोरी भएको परिवारलाई सहयोग 

मोरङको रतुवामाईस्थित सिक्किमे टोलमा एकै घरका पाँच सन्तान अपाङ्गता भएको परिवारलाई पत्रकार गोपाल काफ्लेले आर्थिक सहयोग गरेका छन्।

एक वर्ष अगाडि १ महिनाकी छोरी गुमाएका काफ्लेले छोरी छाँया काफ्लेको स्मृतिमा सानो सहयोग गरेको बताए।

सो परिवारको घरमै पुगेर पत्रकार काफ्लेले नगद १० हजार रुपैंया सहयोग गरेका हुन्। उक्त रकम आमा सृजना घिमिरेलाई हस्तान्तरण गरिएको छ। 

‘समाचार संकलनको क्रममा पहिले त्यहाँ पुग्दा आफूलाई पनि सहयोग गर्न मन लागेको थियो, सकिरहेको थिईनँ, पत्रकार काफ्लेले भने, ‘अझ घरको बुवाको पनि निधन भएको खबर सुन्दा ज्यादैं दुःख लागेर सहयोग गर्न आएको हुँ।’ 

कोरोना सन्त्रास र लकडाउनमा आफूहरू पनि समस्यामा परिरहेको बेला सहयोग गरेर बोलेको बचन पुरा गरेको काफ्लेले बताए।

सहयोग गर्न पाउँदा ज्यादैं खुशी लागेको र मनमा आत्मिक शान्ति मिलेको काफ्लेको भनाई छ ।

४२ वर्षकी निर्मला, ४० को निर्मल, २९ को उमेश, २८ की पार्वता र २६ की गोमा जन्मदै सुस्तमनस्थितकीका भएर जन्मिएका थिए। 

‘भोक लाग्यो, दिसापिसाब लाग्यो भन्न जान्दैनन्,’ आमा सृजनाले भनिन्, ‘आफ्नै घाउ कोट्याएर खान्छन्। बडो पीर छ।’ 

सन्तान सुस्तमनस्थितिका जन्मँदै जाँदा ढुंगाना दम्पतीले परिवार नियोजन गर्ने, रोक्ने उपाय खोजेनन्। यसको परिणाम अहिलेको जीवन कष्टकर छ। पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन आमा सिर्जनालाई हम्मे परेको छ ।

‘सानो छँदा एकखालको हेरविचारले हुने,’ उनले भनिन् ‘ठूला हुँदै गएपछि सजिलो होला भन्दा अझ बढी अप्ठ्यारो हुँदो रहेछ।’ 

सन्तान बोल्न जान्ने, आफूलाई चाहिएका कुरा माग्न जान्ने भइदिँदा सबैलाई सजिलो हुन्छ। तर, सिर्जनाले सन्तानका दुई भाषा बुझ्नुपर्छ। ‘यो रिसाएको छ, ऊ खुसी भएको छ।’ एकैपल्ट सबैलाई ध्यान पुर्‍याउनुपर्दा खुसी कसरी होलान् भनेर एकनासको स्याहारका लागि समय नपुग्ने उनको भनाई छ।

प्रकाशित मिति: : 2020-09-18 14:25:59

प्रतिकृया दिनुहोस्