अख्तियार दुरुपयोग अनुसन्धान आयोग: के पदाधिकारी र 'विवादित' निर्णय के छानबिन हुनसक्छ

शरद केसी

काडमाडाै‌

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भदौँ सप्ताहान्तमा कार्यकाल सकिएर बिदा हुनै लाग्दा गरेको निर्णय गम्भीर 'विवाद' मा तानिएको छ।

आयोगले एक अर्बभन्दा बढी रुपैयाँ अनियमितता भएको भनिएको बहुचर्चित जग्गा खरिद प्रकरणमा मुद्दा चलाउन नपर्ने निर्णय गरेको खबर प्रकाशमा आएको छ।

'निगमको जग्गा खरिद फाइल सुटुक्क तामेली' भन्ने कान्तिपुर दैनिकको समाचार उद्धृत गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै अख्तियारमाथि नै अनुसन्धानको माग राखे।

पौडलको भनाइ छ, "आयोगमा भएका यावत लापरवाही उपर छानबिन गर्न र त्यसका वर्तमान र पूर्वपदाधिकारी सदस्यहरूलाई जिम्मेवार बनाउन एकजना पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा सबैको भरोसायोग्य उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस् भन्ने माग गर्दछु।"

प्रकाशित मिति: : 2020-09-18 17:57:42

प्रतिकृया दिनुहोस्