कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्नस्टार’ भनेपछि सन्नी लियोन रुष्ट

आफूमाथि आइलागेकी पूर्व अभिनेत्री उर्मिला मातोन्डकरलाई कंगना रनौटले ‘सफ्ट पोर्न स्टार’ को संज्ञा दिएकी छिन्। 

उर्मिला बलिउडमा ड्रग्स माफियाको मुद्धा उठेपछि जया बच्चनको समर्थनमा उत्रिएकी थिइन्। कंगनालाई उनको हैसियतमा बस्न दिएको चुनौतिको प्रतिउत्तर दिँदै उनले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ को उपमा दिएकी थिइन् 

उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि अहिले सन्नी लियोनले आपत्ति जनाएकी छिन्। उनले नाम नलिइ कंगनालाई भनेकी छिन्,‘ उनलाई यसबारे केही थाहा छैन तर, अझै धेरै बकबक गर्दै छिन्।’

यसअघि उनले भनेकी छिन्,‘यो यस्तो रमाइलो कुरा हो कि तपाईँको बारेमा जुन व्यक्तिहरूको कुरा गर्छन् त्यो व्यक्तिलाई तपाईँको बारेमा कम चासो राख्छन्।’ 

उनको यो इन्स्टाग्राम पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ।

सन्नीका  फ्यानहरूले यस समयमा उनलाई समर्थन गरेको देखिन्छ। सबैजनाले उनलाई मनपराइरहेका छन्।

यस मुद्दामा कंगनालाई लक्षित गर्दै कमेन्ट सेक्सनमा, सबैले सन्नीको प्रशंसा गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-09-18 19:34:11

प्रतिकृया दिनुहोस्