आईपीएल आजबाट, उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल)को १३ औं संस्करण आज शनिबारबाट सुरु हुँदैछ।

युएईको अबुधाबीमा उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्ने छन्। 

मुम्बई र चेन्नईबीचको खेल शेख जायद स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई सुखद सुरुवात गर्न चाहन्छ।

तर, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध मुम्बईलाई सहज भने हुने छैन।

यी दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ।

गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई  १ रनले हराएको थियो।

यस्तै चेन्नईसँगको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ।

प्रकाशित मिति: : 2020-09-19 05:52:36

प्रतिकृया दिनुहोस्