बैतडीको पञ्चेश्वर गाउँपालिकामा आइतबारदेखि विद्यालयहरु सञ्चालनमा आउने

बैतडीको पञ्चेश्वर गाउँपालिकामा आइतबारदेखि विद्यालयहरु सञ्चालनमा आउने भएका छन्। 

कोरोनाको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरुलाई डिस्इन्फेक्सन गरेर सामाजिक दूरीसँगै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए। 

‘कोरोनाको जोखिम कम भएपछि विद्यालय सञ्चालन गर्ने अवस्थामा पुगेका छौं। सबै स्कुलको सरसफाइदेखि सेनेट्राइज गरिएको छ,’ उनले भने। 

सरकारले कोरोनाको जोखिममा अनलाइन तथा वैकल्पिक माध्यमबाट शिक्षण गर्न निर्देशिका जारी गरेको छ। तर पञ्चेश्वरमा सञ्चार सुविधा सहज नभएका कारण वैकल्पिक शिक्षण पद्धती सम्वभ नभएको अध्यक्ष चन्द बताउछन्।

पठनपाठनका बेला विद्यार्थी र शिक्षकले सामाजिक दूरी कायम गर्ने, मास्क र सेनटाइजर प्रयोग गर्नुपर्ने उनले बताए। 

पञ्चेश्वरमा ३५ वटा सामुदायिक विद्यालयमा ७ हजार बढी विद्यार्थीहरु अध्ययनरत छन्। विद्याथी बढी भएका कक्षामा दुई सिप्टमा पठनपाठन गराइने अध्यक्ष चन्दले बताए। 

प्रकाशित मिति: : 2020-09-19 13:45:53

प्रतिकृया दिनुहोस्