नेकपाका नेता सुवाललाई कोरोना संक्रमण

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत हुन्।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । यसपछि उनी भक्तपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।

जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: : 2020-09-19 23:00:57

प्रतिकृया दिनुहोस्