अब युपीमा पनि फिल्मी सिटी बन्ने

मुम्बईको मायानगरीमा विवाद बढ्न थालेपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रदेशमा फिल्मी सिटी निर्माण गर्ने घोषणा गरेका छन्। 

बलिउडमा बढ्दै गरेको परिवारवाद, ड्रग्स र विभिन्न विवादका बीच मुख्यमन्त्री आदित्यनाथले शनिबार यसको घोषणा गरेका हुन। 

आदित्यनाथले नोयडा, ग्रेटर नोयडा र यमुना एक्सप्रेसवेको क्षेत्र भित्र फिल्मी सिटी निर्माण उत्कृष्ट हुने बताए। उनले यसका लागि तुरुन्त काम अगाडि बढाउन आफ्ना मातहतका कर्मचारीलाई आदेश पनि दिएका छन्। 

यही विषयलाई लिएर फिल्म निर्देशक मधुर भण्डारकरले आइतबार आदित्यनाथसँग भेट पनि गरेका छन्। चाँदनी बार, पेज–३, ट्राफिक सिग्नल र फेसन जस्ता चर्चित फिल्मका निर्देशक भण्डारकरले ट्राफिक सिग्नलका लागि राष्ट्रिय फिल्म पुरस्कार पनि जितेका थिए। 

आदित्यनाथको घोषणाको अभिनेत्री कंगना रनौटले समर्थन गरेकी छिन्। उनले भारतीय फिल्म उद्योगमा थुप्रै सुधारको आवश्यकता भएको बताएकी छिन्। 

प्रकाशित मिति: : 2020-09-20 14:48:01

प्रतिकृया दिनुहोस्