भोलिबाट आन्तरित उडान सुचारू, यात्रुले यी प्रक्रिया पुरा गर्नुपर्नेछ

करिब ६ महिनापछि असोज ५ गते (भोलि) बाट आन्तरिक उडान हुने भएको छ।

कोभिड १९ को संक्रमण रोक्न नेपाल सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनपछि ठप्प रहेको आन्तरिक उडान भोलिबाट नियमित हुन लागेको हो।

यसैबिच भोलिदेखि हुने आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघले जानकारी दिएको छ।

संघका उपाध्यक्ष अनोज रिमालका अनुसार सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै विरोध गरेका थिए। अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउने तयारीमा एयरलाइन्सहरु छन्। मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको हो।

यति एयरलाइन्सका महाप्रबन्धक समेत रहेका रिमालले हाललाई २५ प्रतिशत उडान हुने जानकारी दिए। सबै विमानस्थलमा उडान हुनेछ। आवश्यकताअनुसार उडान संख्या बढाउने गरी भोलिबाट उडान शुरु हुने उनले बताए।

यसअघि सरकारले भदौ १ गतेदेखि उडान गर्ने निर्णय गरेको थियो। तर पछि कोरोना संक्रमण बढेको भन्दै पुन १५ दिन उडान बन्द गरेको थियो।

कोरोना महामारीका कारण करिब ६ महिना व्यावसायिक उडान बन्द हुँदा निजी क्षेत्रका हवाई सेवा कम्पनीहरूले ठुलो नोक्सानी बेहोरेको हवाई व्यवसायीको भनाइ छ । बन्दाबन्दीको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेको व्यवसायीको भनाइ छ ।

यस्तो हुनेछ प्रक्रिया

असोज ५ बाट हुने उडानका लागि  हरेक विमान सेवाले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ। यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, फेस मास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ। यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने  उल्लेख गरेको छ ।

हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको कम्प्युटर सिस्टम पनि अपडेट गरेको बताएको छ।

यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने भन्दै एयरले यसबाट राज्यलाई महामारी समुदायमा फैलिनबाट रोक्न मद्दत पुग्नेछ र देशको अर्थतन्त्र पनि चलायमान हुने दाबी गरेको छ।

  • घरबाट विमानस्थल निस्कदाँ आफ्नो स्वास्थ्य अवस्थाबारे सामान्य जाँच गर्ने।
  • सकेसम्म आफ्नै निजी सवारीमा विमानस्थल जाने, सार्वजनिक सवारीमा जानुपरे सामाजिक दूरी कायम गरेर जाने।
  •  विमानस्थलमा सकेसम्म १ वटा मात्र झोला प्रयोग गर्ने। ह्याण्डक्यारी नबोक्ने (ल्यापटप ब्याग र महिलाको सानो ब्यागबाहेक)
  • विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले ताफक्रम चेक गर्नेछ।
  • त्यसपछि यात्रु भित्र छिर्नुपर्नेछ, तर कसैलाई नछोइ  भौतिक दुरी कायम गर्नुपर्नेछ।
  • ७० वर्षभन्दा माथिका र दीर्घरोगीले यात्रा गर्न पाउँदैनन्।
  • सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ। जसमा यात्रुले आफूलाई कोभिडको कुनै लक्ष्यण नभएको उल्लेख गर्नुपर्ने हुन्छ। यदि कुनै लक्षण भए यात्रा गर्न पाउने छैनन्।
  • एयरलाइन्सका काउन्टरहरु डिसइन्फेकस गरिएको हुन्छ। काउन्टरबाट स्यानिटाइजर, फेस सिल्ड, माक्स दिनेछ। त्यहाँ पनि यात्रुको ताफक्रम नापिनेछ।
  • बोर्डिङ पास लिएपछि विमानसम्म पुग्न डिसइन्फेक्स गरिएको बसमा चढ्नुपर्ने हुन्छ।
  • प्लेनमा पालैपालो चढ्नुपर्नेछ। तर प्लेनभित्र सिटमा बस्दा यात्रु दुरी कायम हुनेछैन।
  • यात्रुको आडैको सिटमा अर्को यात्रु पनि बस्न पाउनेछ। तर आफ्नो सिटबाहेक अर्को सिटमा बस्न पाइनेछैन।
  • विमान चढ्ने बेलामा स्यानिटाइजरको प्रयोग गर्ने, एयरलाइन्सले दिने मास्क, फेससिडको प्रयोग गर्ने। सामाजिक दूरी राखेरै विमान भित्र छिर्ने र आफ्नै सिटमा बस्ने। विमानमा बसिसकेपछि अनावश्यक हिँडडुल नगर्ने।
  • ओर्लने बेलामा पनि पालैपालो दूरी कायम गर्दै निस्कने।
  • उडानका लागि बनाएको सुरक्षा सम्बन्धि प्रोटोकल भने सबै एयरलाइन्सले पालना गर्नुपर्नेछ ।

 

यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात् दुरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइनबसी ज्वरो नाप्छन्। त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ। भित्र टिकट काउन्टरमा पनि सामाजिक दुरीका साथ बोडरिङ पास दिइन्छ। त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनी त्यसलाई कम्प्युटराइज गर्छन्। पाससँगै अर्को फाराम दिन्छन् उक्त फाराम यात्रुले भरेर जहाज चडेर ओर्लने बेला एयरहोस्टेजलाई दिनुपर्छ। पास लिएर अन्तिम सुरक्षा चाँचपछि यात्रु प्रतिक्षालय हुँदै सम्बन्धित गन्तव्यको उडानका लागि र्‍याम्प बसभित्र छिर्छन्। 
सामान्य अवस्थामा ३५ जनासम्म अटाउने ती बसमा अहिले २० देखि २२ जना मात्रै यात्रु बस्छन्। जहाज चढ्नेबेला भर्‍याङमै एक परिचारिकाले फेससिट वितरण गर्छिन। त्यसपछि यात्रुले आफ्नो सिटअनुसार जहाजमा बस्छन् र कोभिडसम्बन्धी स्वास्थ्य निर्देशिका अनाउन्स हुन्छ, सिटबेल्ट बाँधेर जहाज गन्तव्यतिर उड्छ। यही प्रक्रिया आगामी दिनका उडानमा हुनेछ। यात्रुले विमानस्थलमा करिब एक घण्टाभित्र जहाज चड्नेसम्मका सबै प्रक्रिया पूरा गरिसक्छन्। सामान्य अवस्थामा एक घण्टा अघि यात्रुलाई टर्मिनल भित्र बोलाइन्थ्यो भने अब डेढ घण्टाअघिनै भित्र छिराइन्छ।

विमान परिचारिका भन्छिन्- हामी त डराएका छैनौं, तपाईहरू किन डराउनुहुन्छ? 

प्रकाशित मिति: : 2020-09-20 15:38:35

प्रतिकृया दिनुहोस्