कोरोना नियन्त्रणमा प्रभावकारी चिनियाँ मोडल: छिमेकी नेपालले फाइदा लिन सकेन

वसन्त खड्का

पछिल्लो समय नेपालमाथि लाग्ने गरेको आरोप हो– चीनसँगको निकटता । अर्को छिमेकी भारतको मात्र नभएर शक्ति राष्ट्र अमेरिका र युरोपेली देशको मूल्यांकन पनि यही हो । नेपालको आन्तरिक राजनीतिमा पनि यो बहसको विषय बन्ने गरेको छ ।  

चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्धतासँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समेत चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विचारलाई पछ्याइरहँदा नेपालमाथि लाग्ने गरेको आरोप सत्यको निकट पनि देखिन्छ । सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीले दिने प्रशिक्षण ग्रहण गर्नेदेखि सरकार स्वयंले पनि चीनसँगको सम्बन्धलाई प्राथमिकता दिइरहेको अवस्था छ ।

पछिल्लो समय नेपालको आन्तरिक र सत्ता राजनीतिमा चिनियाँ राजदूतको सक्रियताले पनि यो कुरामा अझ बल पुगिरहेको छ । चीन–नेपाल सम्बन्धको निकटतालाई पुष्टि गर्ने अर्काे एउटा विषय परराष्ट्र मन्त्रालयले हङकङका विषयमा चीनलाई समर्थन गर्दै जारी गरेको विज्ञप्ति पनि हो । अरूको आन्तरिक विषयमा खासै टिप्पणी नगर्ने नेपालले हङकङ मामिलामा चीनलाई खुलेरै समर्थन ग¥यो । यस विषयमा अमेरिका र युरोपेली मुलुकहरूको मतभिन्नता रहँदै आएको छ ।  

प्रकाशित मिति: : 2020-09-23 08:42:48

प्रतिकृया दिनुहोस्