‘संक्रमितलाई दुर्व्यवहार होइन सहानुभूति चाहिन्छ’

आयोमेल

काठमाडौँ

अनुप पाैडेल

जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यको कोरोना परीक्षण रिपोर्ट ७ भदौमा पोजेटिभ आयो। उनी क्वाटरमै बसे। १६ भदौमा पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आयो। सेवामै खटिएका बेला संक्रमित बनेका उनलाई अझै लाग्छ- समाजले हेर्ने दृष्टिकोण किन परिवर्तन हुन सकेन।

‘पोखरामै बुवा संक्रमित हुँदा छिमेकीले तगारो लगाइदिएर बच्चाले दुध खान नपाएको घटना पनि भयो। समाजबाट यस्तो व्यवहार हुनु निकै दुखद हो,’ आचार्य भन्छन्, ‘बुझ्ने वर्गबाटै पनि यस्तो भएको छ।’

संक्रमितमाथि कुदृष्टि र परिवारका सदस्यमा समाजले गरेको व्यवहार देखेका र सुनेका आचार्यले त्यस्तो भोग्नु परेन। ‘कामको सिलसिलमा म मनाङ र परिवारका सदस्य पोखरा भएकाले समाजबाट हुने गरेको व्यवहार मैले भोग्नुचाहिँ परेन,’ संक्रमित हुँदाको अनुभव साट्दै उनले थपे, ‘संक्रमितलाई दुव्र्यवहार होइन सहानुभूति चाहिन्छ।’

सीमित जनशक्तिले जिल्ला धानिरहेको र त्यहीबेला आफूलाई संक्रमण भएको उनको अनुमान छ। ‘काम गर्न जनशक्ति थोरै छौं। स्वाब संकलन हुँदा विवरण नोट गर्थें। मास्क र पन्जामात्रै लगाएर काम गर्थें। सायद त्यहीबेला संक्रमण भयो,’ आचार्यले सुनाए। एक हप्ता पहिला स्वाब लिएर पोखरा आएका उनी परिवारका सदस्यसँग भेट गरेर कर्मथलोमा खटिएका छन्। 

दैनिक ६ घन्टा वार्डमा ड्युटी हुन्थ्यो। कहिलेकाहीँ प्रिआइसोलेसनमा पनि खटिनुपथ्र्यो। असोज अन्तिम साता प्रिआइसोलेसनमा ड्युटी पर्‍यो। गण्डकी मेडिकल कलेजकी २६ वर्षे नर्स नाइट ड्युटीमा खटिइन्। कोरोनाका शंकास्पद बिरामी प्रिआइसोलेसनमा थिए। 

ज्वरो आएका ती बिरामीको रिपोर्ट पोजेटिभ आयो। त्यसपछि २६ वर्षीया नर्स कन्ट्याक ट्रेसिङमा परिन्। २६ भदौमा स्वाब परीक्षणलाई दिइन्। 

प्रकाशित मिति: : 2020-09-23 09:08:32

प्रतिकृया दिनुहोस्