उद्योगमा कोरोना प्रभाव : बजारको पैसा उठेन, अब चल्नै गाह्रो

हिमाल पौडेल

काठमाडौं । ‘क्यास फ्लो’ अर्थात नगद अभाव भएको भन्दै देउराली जनता फर्मासिटिकल्सले उत्पादन बन्दको घोषणा गर्‍यो । करिब तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको यो उद्योगले सम्भवतः पहिलो पटक पैसाको अभावमा उत्पादन बन्द गर्नुपर्‍यो । उद्योगमा ‘क्यास फ्लो’ अभाव हुनुको पहिलो कारण भनेको उधारोमा औषधि बिक्री गर्नु नै हो । नेपालमा सायदै यस्ता वस्तु नहोलान् जसको उधारोमा कारोबार नभएको होस् ।

औषधिदेखि खाद्यान्‍न, हार्डवयर, सिमेन्ट, लत्ता-कपडा, इलेक्ट्रोनिक्सदेखि रिचार्ज कार्डसम्म उधारोमा कारोबार हुँदै आएको छ । 

विशेषगरी उपभोक्ताले भन्दा पनि होलसेलरहरुले उधारोमा बढी कारोबार गर्ने व्यवसायी बताउँछन् । खुद्रा पसलमा पनि उधारोमा व्यापार हुने गर्दछ । उत्पादकले आफ्नो व्यापार बढाउनका लागि पनि होलसेलरहरुलाई उधारोमा सामान ‘अफर’ गरेका हुन्छन् । सामाखुशीस्थित एक औषधि पसलेले भनेका थिए, “जुन कम्पनीले उधारोमा सामान दिँदैन्, त्यस्ता उद्योगका सामान हामीले राख्दैनौं ।

त्यसको घाटा भनेको उद्योगलाई नै हो ।” उनका अनुसार सोही कारण उधारोमा सामान दिने र मार्केट हिस्सा बढाउने उद्देश्य कम्पनीहरु पनि हुन्छ । हो, त्यही बजार हिस्सा बढाउन उधारोमा कारोबार गर्नेहरु अहिले बढी समस्यामा छन्। उद्योगलाई पैसाको अभाव भएको कतिले सार्वजनिक गर्छन त कतिले गर्दैनन् । तर, नेपालका प्रायः सबै उद्योगहरु अहिले उधारोकै कारण नगद अभावमा परिरहेका छन् ।

प्रकाशित मिति: : 2020-09-23 10:18:35

प्रतिकृया दिनुहोस्