श्वेता तिवारीलाई पनि कोरोना संक्रमण

एजेन्सी

मुम्बई

टेलिभिजनकी चर्चित अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित भएकी छिन्। ‘मेरे ड्याड कि दुल्हन’ को सुटिङमा व्यस्त श्वेताको कोरोना परीक्षण पोजेटिभ देखिएको छ। यो कार्यक्रमको प्रमुख अभिनेता वरुण बडोलाको कोरोना परीक्षण पोजेटिभ देखिएपछि श्वेताको पनि गरिएको थियो। 

कलाकारमा कोरोना भेटिएपछि सुटिङ स्थगित भएको छ। यसअघि वरुणको श्रीमती राजेश्वरी सचदेवलाई संक्रमण भएको थियो। यसपछि वरुण क्वारेन्टाइनमा बसेका थिए। 
श्वेताको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनको छोरा रेयान्स बुवा अभिनव कोहलीसँग बसेका छन्।

प्रकाशित मिति: : 2020-09-23 17:27:21

प्रतिकृया दिनुहोस्