‘कुबेतमा शोषण भयाे, लेबनान त झनै नर्क रहेछ’

शिलापत्र

काठमाडौँ

रमेश भारती

२१ महिनाअघि भारतहुँदै रोजगारीका लागि लेबनान पुगेकी झापाकी सबिता क्षेत्री (नाम परिवर्तन) कोरोनाका कारण राेजगारी गुमाएपछि यसै साता स्वदेश फर्किइन् । सबिता लेबनानबाट उद्धार उडानमार्फत नेपाल आएकी हुन् ।

लेबनानमा रहँदा आफूले खुबै दुःख पाएकाे उनी बताउँछिन् ।  

लेबनानमा रोजगारीका क्रममा भोगेको पीडा कहिल्यै बिर्सन नसक्ने सबिता बताउँछिन् । त्यहाँ रहँदा १७ महिना बाहिरको वातावरण कस्तो हुन्छ भनेर देख्न नपाएकाे उनी सम्झिन्छन् । 

विदेशमा मालामाल पैसा कमाउन सकिने सपना देखाएर नेपालबाट एजेन्ट र म्यानपावरले उनलाई विदेश पठाएका हुन् । एजेन्टमार्फत खासगरी घरेलु कामदारका रूपमा विदेशमा महिलाहरू हिंसाकाे शिकार हुने गरेका छन् । 

प्रकाशित मिति: : 2020-09-23 20:15:04

प्रतिकृया दिनुहोस्