पाल्पामा पहिरोले तीनवटा घर पुर्‍यो, सुतिरहेकी गर्भवतीसहित ६ जना बेपत्ता

पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले तीनवटा घर पुर्दा गर्भवतीसहित ६ जना बेपत्ता भएका छन्। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार फोक्सिङकोट बेलौजामा पहिरोले घर पुर्दा सुतिरहेका ६ जना बेपत्ता भएका हुन्।

एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जना पुरिएको र अरु तीनजनाले भने भागेर ज्यान जोगाएकाे खबर आएको छ। अरु विवरण आएको छैन। म घटनास्थलमा पुग्दै छु।’

यस्तै फोक्सिङ्कोटकै सुरुमडाँडामा एकजना गर्भवती महिला पहिरोमा बेपत्ता भएकी छन्। 

उनका श्रीमानले भने भागेर ज्यान जोगाएका छन्। निरन्तर पानी परिरहेकाले उद्धारमा समस्या भएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-24 09:04:32

प्रतिकृया दिनुहोस्