कोड रसः महिलालाई प्रविधि पोख्त बनाउन महिलाकै नेतृत्व

हिमाल खबर

काठमाडौँ

नुनुता राई 

 

इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङबाट स्नातकको पढाइ पूरा गरेपछि आस्था शर्माले केही समय एउटा आईटी कम्पनीमा काम गरिन्। काम गदै जाँदा यो क्षेत्रमा महिलाहरुको संलग्नता कम देखिन्। जागिरका लागि आह्वान हुँदा पनि महिलाको आवेदन पर्दैन थिए।

उनी सूचना प्रविधि पढेका महिलाहरुको समूह ‘गल्स इन टेक्नोलोजी’ मा जोडिइन्। त्यहाँ पनि उनले महिला सहभागिता कम देखिन्। आफ्नै सक्रियतामा विभिन्न कार्यक्रम गर्न थालेपछि सैद्धान्तिक अध्ययनले मात्र सूचना प्रविधिको काममा दक्षता हासिल नहुने महसुस गरिन्। सैद्धान्तिक पढाइले मात्र प्रयोगात्मक रुपमा काम गर्न सहयोग नपुग्दा जागिर खान सहज नभएको निष्कर्ष निकालिन्।

गल्स इन टेक्नोलोजीकै विभिन्न कार्यक्रममा सहभागी हुँदा उनको रोजिना बज्राचार्यसँग भेट भयो। दुवै जनाको विचार मिलेपछि उनीहरुले प्रविधिमा महिलाहरुलाई अघि बढाउन ‘कोड रस’ शुरु गरे।
 

प्रकाशित मिति: : 2020-09-24 09:43:33

प्रतिकृया दिनुहोस्