विदेश जाँदा नेपाली सामान नभेटेपछि बुढेसकालमा उद्योग खोलेकी 'मस्यौरी दिदी'

सेतोपाटी

काठमाडौँ

राजेश घिमिरे

बुढेसकालको सुखका लागि मान्छेहरू युवावस्थामा मरिमेटेर काम गर्छन्। साठी वर्षपछिको उमेरमा काम छोडेर ‘रिटायर्ड लाइफ’ बिताउने चलन छ।

तर भरतपुरकी अम्बिका धिताल भने यो चलनको उल्टो बाटो हिँडिरहेकी छन्।

साठी वर्षको उमेरमा उनी व्यवसायिका रूपमा उदाउँदै छिन्। दिनरात नभनी मेहनत गर्दैछिन्।

भरतपुर–१० घरकी अम्बिका केही वर्ष अघिसम्म गृहिणी थिइन्।

परिवारका लागि खाना पकाउने, घरधन्दा गर्नेलगायत काममा उनको दिन बित्थ्यो। छोराछोरीको स्याहार, परिवारका लागि किनमेलजस्ता काममै रत्तिएकी अम्बिकाले व्यवसाय गर्नेबारे सोच्नसम्म भ्याउन्नथिन्।

प्रकाशित मिति: : 2020-09-24 13:48:24

प्रतिकृया दिनुहोस्