बहराइनस्थित नेपाली दूतावासले स्वदेश फर्किनेहरुको पुन: विवरण संकलन गर्दै

कोरोनाको कारण बहराइनमा समस्यामा परेका नेपालीहरुको पुनः तथ्यांक संकलन सुरु गरेको छ । बिहीबार दूतावासले एक सूचना जारी गर्दै पुनः तथ्यांक संकलन सुरु गरेको जनाएको छ ।

कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट वैदेशिक रोजगारको क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ती गर्नेसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बहराइनबाट हालसम्म एक हजार २७५ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

"बहराइन अधिराज्यमा आइ कोभिड–१९ को कारणले लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका महिलाहरूको प्राथमिकिकरण गरी स्वदेश फर्काउने कार्यका लागि उपरोक्त निर्देशिका बमोजिम नेपाल जान छुट्नु भएका नेपाली महिलाहरूको सन्दर्भमा तपशिल बमोजिमको तालिकामा उल्लेख गरी मिति २०७७–०६–१० सम्म नेपाली राजदूतावासको उल्लेखित इमेल ठेगानामा पठाइदिनु हुन बहराइनस्थित नेपालीहरूसँग सरोकार राख्‍ने संघसंस्थाहरूलाई अनुरोध गर्दै यो सूचना प्रकाशन गरिएको छ,"  सूचनामा भनिएको छ ।

प्रकाशित मिति: : 2020-09-24 16:59:20

प्रतिकृया दिनुहोस्