डाक्टर श्रीमानले विष सेवनबाट आत्महत्या गरे, शिक्षिका श्रीमती पानीमा डुबेर मरिन्

भारतको हरियाणा राज्यमा मुटु हल्लिने एउटा घटना भएको छ। हरियाणाको कन्हेली गाउँमा बसोबास गर्ने एक डाक्टरले गत बुधबार बिष सेवन गरेर आत्महत्या गरे। 

यो खबर सुन्ने वित्तिकै श्रीमती पनि आफ्नो दुई नाबालिक छोरीलाई च्यापेर पानीले भरिएको ठूलो ट्याङ्कीमा हाम्फालेकी थिइन्। 

यो घटनामा श्रीमती र एक छोरीको निधन भएपनि एउटी छोरी भने पौडी खेलेर ट्याङ्कीबाट बाहिर निस्किन सफल भइन्। 

स्थानीय प्रहरीले प्रमोद सहारण नाम गरेका डाक्टरले आत्महत्या गरेको प्रमाणित गरेको छ। उनी एउटा स्वास्थ्य विश्वविधालयमा नर्सिङका विधार्थीलाई अध्यापन गराउँथे।

उनले बुधबार साँझ ६ बजे विषय सेवन गरेर आत्महत्या गरेको बताइएको छ। उनले मर्नुअघि एउटा सुसाइड नोट पनि लेखेका थिए। तर, यसमा सुसाइडको कारण उल्लेख छैन। 

लोग्नेले आत्महत्या गरेको खबर सुन्दा श्रीमती मिनाक्षी घर बाहिर थिइन्। उनले यो खबर सुन्ने वित्तिकै स्कुटरमा छोरीहरूलाई राखेर सोनीपत रोडस्थित सेक्टर–२ मा रहेको ठूलो पानी ट्याङ्कीमा छोरीहरूसँगै हाम्फालेकी थिइन्। 

मिनाक्षी र कान्छी छोरीको पानीमा डुबेर निधन भयो भने जेठी छोरी बाँचेर निस्किन सफल भइन्। डाक्टरकी श्रीमती मिनाक्षी र छोरीको मृत शरीर बिहीबार बिहान मात्र पानी ट्याङ्कीबाट निकाल्न सम्भव भएको थियो।
 
डाक्टर प्रमोद सहारणले आफ्नो सुसाइट नोटमा लेखेका थिए, ‘जीवनको दौडधुपबाट म थाकिसकेको छु। भगवान नै मेरो मृत्युको जिम्मेवार हुन्। प्रहरीले अन्यलाई दोषी ठहर नगर्दा हुन्छ।’

डाक्टर प्रमोद मूलत राजस्थानको राजगढ जिल्लाका निवासी हुन्। उनको बिहे चरखीदादरीकी मिनाक्षी साङ्वानसँग भएको थियो। 

मिनाक्षी सरकारी स्कुलमा बायोलोजीकी शिक्षिका थिइन्। शिक्षित यो परिवारको आत्महत्याले सबैलाई स्तब्ध पारेको छ।

प्रकाशित मिति: : 2020-09-24 18:04:21

प्रतिकृया दिनुहोस्