शुक्लाफाँटामा १९ जुवाडेबाट २ लाख ४४ हजार बरामद

प्रहरीले जुवा खेलेरहेको अवस्थामा नगद २ लाख ४४ हजारसहित १९ जना जुवाडे नियन्त्रणमा लिएको छ। 

शुक्लाफाँटा नगरपालिका ११ लोहरपुरस्थित डबलबहादुर ऐरको एक तले खाजा घरबाट प्रहरीले नगद २ लाख ४४ हजार एक सय ८० रुपैयाँ सहित १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा राती साढे १२ बजे उनीहरुलाई नगद पैसासहित जुवा खेलिरहको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापाले जानकारी दिए। 

उनले नियन्त्रणमा लिएको सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए। उनीहरुमाथी जुवा ऐन अन्तर्गत कारवाहि हुने उनको भनाई छ।

प्रकाशित मिति: : 2020-09-25 12:43:34

प्रतिकृया दिनुहोस्