८ वर्षदेखि दाजुले बहिनीलाई बलात्कार गरिरहेका थिए, अहिलेसम्म आमाले लुकाइरहिन्

लखनउमा एक दाजुले आफ्नी नाबालिक बहिनीलाई विगत ८ वर्षदेखि बलात्कार गरिरहेका थिए । यो सनसनीपूर्ण खुलासा अहिले आएर भएको हो । पीडित बहिनीले १०९० मा फोन गरेर यसबारे जानकारी दिएपछि पुलिस घटनास्थल पुगेको थियो । पुलिसले पीडितकी आमा र दाजुलाई पक्राउ गरेर जेल पठाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

जानकारी अनुसार लखनउको पीजीआइ थाना क्षेत्रमा बस्ने पीडितको उमेर अहिले १६ वर्ष भएको छ । पीडितकी आमाले नर्सको काम गर्छिन् । पीडितका अनुसार उनका दाजुले उनलाई करिब ८ वर्षदेखि बलात्कार गरिरहेका छन् । उनले यसको विरोध गर्दा उनका दाजुले पुलिसलाई नभन्न र भने मारिदिने धम्की दिएका थिए । पीडितले आमालाई पनि यसबारे भनेकी थिइन् तर उनले छोरीलाई चुप रहन भनेर छोराको साथ दिइरहिन् ।

सहनै नसकेपछि उनले १०९० मा फोन गरेर पुलिसलाई बताएकी थिइन् । सूचना पाएपछि डीसीपी चारु निगम सहित अन्य अधिकारी घटनास्थल पुगेका थिए । उनीहरुसँग कुरा गरेपछि पीडितले आफ्नी आमा र दाजुविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । पुलिसले आमा र दाजुलाई पक्राउ गरेर पीडितलाई बाल संरक्षण गृह पठाएको छ ।

प्रकाशित मिति: : 2020-09-27 17:35:04

प्रतिकृया दिनुहोस्