राजस्थानका सन्जु, स्मिथ र तेवतियाकाे आक्रमक ब्याटिङ, पन्जाब ४ विकेटले पराजित

युएईमा जारी १३औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सले ४ विकेटको जित हासिल गरेको छ।

किंग्स इलेभेन पन्जाबले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्छाएको राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर २२६ रन बनायाे। आईपीएल इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल हो। 

यसअघि जारी सिजनमा राजस्थानले चेन्नई सुपर किग्सविरुद्ध २ सय १६ रन बनाएको थियो।

राजस्थानको लागि सन्जु स्यामसनले सर्वाधिक ८५ रन बनाए। स्यामसनले ४२ बलमा ७ छक्का र ४ छक्का प्रहार गरे।

यता राहुल तेवतियाले ३१ बलमा ७ छक्का ५३ रनको महत्त्वपूर्ण योगदान दिए। सुरुवाती समय निकै सुस्त इनिङ खेलेका राहुल अन्त्यमा जितको नायक बने।

टेवाटियाले सुरुवाती १९ बलमा कुनै चौका छक्का प्रहार गर्न नसकी जम्मा ८ रन बनाएका थिए। यद्यपी १८औँ ओभरमा राहुलले तीव्र गतिका बलर शेल्डन कटरेलकाे ओभरमा ५ छक्का सहित ३० रन जोडे।

स्मिथले २७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। जोफ्रा आर्चर ३ बलमा २ छक्का सहित १३ रनमा अविजित रहे। टम करनले पहिलो बलमा चौका प्रहार गर्दै जिताएका थिए।

यता रोबिन उथप्पा ९ र जस बटलरले ४ रन बनाए। 

जेम्श निशमले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए। मोहम्मद शामीले ४ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए। शेल्डन कटरेलले ३ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए।

यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनायो।

ओपनर मयंक अग्रवालले शतक र कप्तान लोकेश राहुलले अर्ध शतकीय योगदान दिए। 

अग्रवालले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक १ सय ६ रनको उत्कृष्ट शतकीय इनिङ खेले। अग्रवालको आईपीएलमा यो पहिलो शतक हो। 

ओपनर लोकेश राहुल ५४ बलमा ७ चौका र १ छक्का सहित ६९ रनमा क्याच आउट भए। 

ग्लेन म्याक्सवेल ९ बलमा २ चौका सहित १३ रनमा अविजित रहे। निकोल पूरनले ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा अविजित रहे।

राजस्थानका टम करनले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। अंकित राजपूतले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए। जोफ्रा आर्चरले ४ ओभरमा ४६ रन खर्चेपनि विकेट लिन सकेनन्।

प्रकाशित मिति: : 2020-09-27 23:31:51

प्रतिकृया दिनुहोस्