ढलपल–ढलपल राजनीति

  • पेशल आचार्य

हाम्रो जस्तो गरिब, चेतनाको स्तर कम भएको र विकासोन्मुख राष्ट्रमा संसारको लोकप्रिय र विकल्परहित भनिएको लोकतन्त्रले बृहत्तर जनताको हितका लागि काम गर्नुपर्छ । संसारका प्रसिद्ध लोकतान्त्रिक देशहरूमा जनताका पक्षमा, विकासका पक्षमा र उत्तरोत्तर उन्नति–प्रगतिका पक्षमा लोकतान्त्रिक शासन व्यवस्थाले सकारात्मक काम गरेर सोही कुराको तथ्यगत दृष्टान्त दिएको छ ।

हजारौंहजार नेपाली जनताले पनि आफ्नो जीउज्यान अर्पेर ल्याएको लोकतन्त्रले सोही कुरा उजागर गर्नुपर्ने त हो तर ‘खोदा पहाड निक्ला चुहा’ भनेझैँ नेपाली लोकतन्त्रलाई यो वा त्यो बहानामा यसका ‘अनाडी चालकहरू’ ले संसारले नै खिसी गर्ने ‘जोकतन्त्र’ मा परिणत गरेर देखाइदिए । यति कुरा भन्न अब कुनै आइतबार पर्खिरहनुपरेन ।

पाँच वर्षका लागि जनताले चुनाव हराएरक, अर्कोपटक जनताकै मन जितेर आऊ भनी आफ्नो चुनाव क्षेत्रमा सीमित पारिदिएका नेपाल कम्युनिस्ट पार्टीका नेता÷उपाध्यक्ष वामदेव गौतमलाई केही दिनअघि मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिले नियुक्त गर्ने कोटामा राष्ट्रिय सभाको सांसद बनाइयो ।

प्रकाशित मिति: : 2020-09-28 14:03:13

प्रतिकृया दिनुहोस्