भोक हड्ताल गर्ने पायलको चेतावनी, आज गभर्नरलाई भेट्ने

कलाकार पायल घोषले बलिउड निर्देशक अनुराग कश्यपमाथि कारवाही अघि नबढाए भोक हड्ताल गर्ने चेतावनी दिएकी छन्।

यौन शोषणको आरोप लगाउँदै उजुरी दर्ता गराएपनि वर्सोवा पुलिस स्टेशनले कुनै एक्सन नलिएको भन्दै उनले भोक हड्तालमा बस्ने चेतावनी दिएकी हुन्।

उजुरी दर्ता गराएको एक साता भइसके पनि आफूलाई सोधपुछका लागि बोलाएको तर अनुरागलाई सोधपुछमा नबोलाएको, गिरफ्तार नगरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन्। पायलले प्रहरीको कार्यशैलीमा नै प्रश्न उठाएकी छन्।

यता पायलले आज महाराष्ट्रका गर्भनर भगतसिंह कोशियारीसँग भेट गरेर ध्यानाकर्षण गराउँदै छिन्।

पायलले सोमवारमात्रै केन्द्रीय मन्त्री रामदास आठवलेसँग भेट गरेकी छन्। भेटपछि मन्त्रीकै उपस्थितिमा पत्रकार सम्मेलन गर्दै पायलले आज महाराष्ट्रका गर्भनर कोश्यारीलाई भेट गर्ने जानकारी दिएकी छन्। 

भेटमा प्रहरीले अनुरागमाथि कुनै कारवाही नभएको विषयमा गुनासो गर्ने पायलले बताएकी छन्।

प्रकाशित मिति: : 2020-09-29 12:03:30

प्रतिकृया दिनुहोस्