युएईमा जारी १३औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले तेस्रो खेलमा सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ।
शेख जायद स्टेडियममा दिल्लीले पहिले फिल्डिङ राेजेकाे छ। दिल्लीले पहिले बलिङ गर्नेछ। केहि बेरमा हैदराबादले ब्याटिङ थाल्नेछ।
तर, सन्दीपले सिजनको तेस्रो खेल पनि खेल्ने छैनन्। दिल्लीले हैदराबादविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा राखेको छैन।