आरोपीको बयान- पहिले बलात्कार गरें, अनि ढुंगा र त्रिशूलले हिर्काएर मारें

बाह्रखरी

काठमाडाैं

काठमाडौं । बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोराले प्रहरीसँगको साबितीमा आरोप स्वीकार गरेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार उनले आरोप स्वीकार गरेका हुन् । राजेन्द्रले आफूले सम्झनालाई मन पराउने गरेकोसमेत बताएका छन् । सम्झनाका आमाबुबा भारतमा थिए । राजेन्द्रको बयान उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने, “म सम्झनालाई मन पराउँथें । उनले आमाबुबासँग बस्‍न आफू दुई वर्षका लागि भारत जान्छु भनेपछि मलाई त्यो कुरा मन परेको थिएन । त्यो साँझ मैले उनलाई सुरुमा बलात्कार गरें । त्यसपछि ढुंगाले हिर्काएँ । उनी बेहोस् भएपछि मन्दिरको त्रिशूलले हिर्काएर मारें ।”

प्रकाशित मिति: : 2020-10-01 12:48:05

प्रतिकृया दिनुहोस्