गान्धी, बीपी र त्यो ऐतिहासिक तस्वीर

हिमाल खबर

काठमाडौँ

शंकर तिवारी
महात्मा गान्धीबाट उनको जीवनकालमा र मृत्युपर्यन्त संसारभरका मानिस प्रभावित भए। मार्टिन लुथर किंग, हो ची मिन्हदेखि नेल्शन मण्डेला, बाराक ओबामा– आजपर्यन्तको प्रभावको यो सिलसिला जारी छ। गान्धीबाट उनकै जीवनकालमा प्रभावित व्यक्तिमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला समेत थिए।

बीपीको राजनीतिक विचारधारा, चिन्तन गान्धीबाट प्रभावित हुँदै माक्र्स र गान्धी बीचको द्वन्द्व अनि फेरि अन्ततः गान्धी परम्परामै टुंगिएको देखिन्छ। यो लेख बीपीको गान्धीसँगको भेट, उनीसँग खिचिएको एउटा दुर्लभ तस्वीर, गान्धीप्रति उनको आकर्षण, विकर्षण र पुनाकर्षणको सेरोफेरोमा केन्द्रित रहनेछ।

गान्धीको काखमा बीपी 

बीपीले आफ्नो आत्मवृत्तान्त, आत्मकथालगायत अनेकन् अन्तर्वार्तामा घरको वातावरण वर्णन गर्दा कसरी विश्व राजनीति सँगै गान्धी बहसको केन्द्रमा हुने गर्थे  भन्ने उल्लेख गरेका छन्। 

१९२० मा गान्धी दक्षिण अफ्रिकाबाट फर्केको पाँच वर्ष भइसकेको थियो। गान्धीको भारतमा ख्याति बढ्दै गइरहेको थियो। बीपीको सिंगो परिवार १९२० मा बनारसमा निर्वासित जीवन बिताइरहेको थियो। बीपी त्यतिबेला बनारसमा नगरपालिकाको स्कूलमा पढ्थे। 
 

प्रकाशित मिति: : 2020-10-02 14:44:09

प्रतिकृया दिनुहोस्