भिनिसिउस र बेन्जिमाको गोलमा रियलको अपराजित यात्रा कायमै

एजेन्सी

काठमाडौं

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि  सहज जित निकालेको छ। आइतबार भएको खेलमा रियलले लेभान्टेलाई २–० गोल अन्तरले हराउँदै अपराजित यात्रालाई कायमै राख्यो। 

लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन भिनिसिउस जुनियर र करिम बेन्जिमाले एक–एक गोल गरे । खेलको १६ औँ मिनेटमा भिनिसिउसले गोल गर्दै सिटमलाई  सुरूवातीअग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पार्‍यो। खेलको इन्ज्यूरी समयमा बेन्जिमाले गोल गर्दै रियलाई २–० गोलको जित दिलाएका हुन्। 

जितसँगै लिगमा चार खेल खेलेको रियल ३ जित र एक बराबरीसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। पराजित लेभान्टेको चार खेलबाट ३ अंक रहेको छ। 

प्रकाशित मिति: : 2020-10-04 22:47:02

प्रतिकृया दिनुहोस्