फाफ डु प्लेसिस र शेन वाटसनको उत्कृष्ठ साझेदारीसँगै चेन्नई सुपर किंग्सले यूएईमा जारी १३औँ संस्करणकाे इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी १० विकेटको शानदार जित हात पारेको छ।
आइतबार भएको खेलमा किंग्स इलेभेन पन्जाबले दिएको १ सय ७९ रनको बलियो लक्ष्य चेन्नईले १७.४ ओभरमै पुरा गरेको थियो।
चेन्नईका लागि डु प्लेसिसले ८७ र शेन वाटसनले ८३ रन बनाए। वाटसन ५३ बलमा ११ चौका र ३ छक्का सहित ८३ रनमा अविजित रहे। डु प्लेसिस ५३ बलमा ११ चौका र १ छक्का सहित ८७ रनमा अविजित रहे।
उनीहरु बिच कुल १ सय ८१ रनको अविजित साझेदारी भएकाे थिए। यो चेन्नईका कुनैपनि ब्याट्सम्यानले कुनैपनि विकेटका लागि गरेको सर्वाधिक उच्च साझेदारी हो।
आइपिएलको इतिहासमा चेन्नईले १० विकेटले जित निकालेको हो। यसअघि सन् २०१४ मा पन्जाबले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य १६ बल आगडि कुनै विकेट नगुमाई पूरा गरेको थियो।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो।
उसका लागि कप्तान लोकेश राहुलले ५२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको योगदान दिए। पन्जाबलाई ओपनर राहुल र मयंक अग्रवालले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए।
अग्रवाललाई २६ रनमा साम करनबाट क्याच आउट भए।उनले १९ बलमा ३ चौका प्रहार गरे। यता निकोलस पूरन ३३ रनमा समातिन पुगे। पुरनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
मनदीप सिंह २७ रनमा क्याच आउट हुन पुगे। सिंहले १६ बलमा २ छक्का प्रहार गरे। ग्लेन म्याक्सवेल ११ र शरफराज खान १३ रनमा अविजित रहे।
रविन्द्र जडेजाले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए। पियुष चवलाले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए। शार्दुल ठाकुरले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए।