चिली प्रहरीको बर्बरता, प्रदर्शनमा उत्रिएकी १६ वर्षीय किशोरलाई पुलबाट नदीमा फ्याँकियाे

चिलीमा प्रहरीको बर्बरता बढ्दै गएको छ। 

शुक्रबार प्रदर्शनको क्रममा प्रहरीले एक १६ वर्षीय किशोरलाई पुलबाट नदीमा खसाएको छ।

प्रहरीहरुले ती किशोरलाई पुलको रेलिङबाट उचालेर पानी भएको नदीमा खसाएका थिए। किशोर घोप्टो परेर भुइँमा बजारिएकी थिइन्।

उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।  हाल उनको अवस्था स्थिर रहेको बताइएको छ। 

गत वर्षको अक्टोबरदेखि नै असमानता र संरचनागत विभेदको विरुद्धमा चिलीमा प्रदर्शन हुँदै आएको छ।

प्रदर्शनकारीहरू धेरैजसो माध्यमिक तह र विश्वविद्यालयका विद्यार्थीहरू छन्।

चिली ल्याटिन अमेरिकाको धनी राष्ट्रमध्ये एक भएपनि यहाँ धनी र गरिबबीच ठूलो असमानता रहेको छ।

खासगरि ६० लाख मानिस बसोबास गर्ने सानटियागोको महँगीबारे गुनासो बढ्दो थियो र आर्थिक सुधारको माग उठिरहेको छ।

संविधान तथा सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीलगायत नागरिकका आधारभूत अधिकारहरूको व्यवस्था नगरिएको भन्दै लाखौं नागरिक प्रदर्शनमा उत्रेका छन् । 

चिलीको वर्तमान संविधान सन् १९८० मा जारी भएको हो । चिलीका पूर्व शासक  तानाशाह अगस्टो पिनोसेले जारी गरेको संविधान लोकतान्त्रिक नरहेको प्रदर्शनकारीहरुले बताएका छन् । 

पछिल्ला प्रदर्शनमा तानाशाही शासकले जारी गरेको संविधानलाई लोकतान्त्रिक संविधानले विस्थापित गरिनुपर्ने माग गर्दै आएका छन् ।

सुरुमा दमनको नीति अख्तियार गरेको सरकार प्रदर्शन चर्कंदै गएपछि पछि हटेको थियाे। प्रदर्शनकारीले कैयौँ भूमिगत रेल स्टेशनहरूमा आक्रमण गरेका थिए। जसका कारण ठूलो क्षति पुगेको छ।

 दङ्गा नियन्त्रक प्रहरीले कैयौँ दिनदेखि मूल्यवृद्धिको विरोध गर्दै आएका केही प्रदर्शनकारीविरुद्ध अश्रुग्यास र लाठी प्रयोग गरेका थिए। 

यो प्रदर्शनले देशमा रहेको गहिरो विभाजन बाहिर ल्याइदिएको ठानिएको छ। 

एक महिनाअघि मात्र नागरिकले जनमतसंग्रहमार्फत तानाशाह पिनोसेले बनाएको संविधान बदल्ने मत दिएका थिए। 
 

प्रकाशित मिति: : 2020-10-05 09:26:00

प्रतिकृया दिनुहोस्