घरमै यसरी बनाउन सकिन्छ १३ थरी स्वादिलो र स्वास्थ्यवर्द्धक खाजा

घरमै बनाउन सकिने खाजाहरू

कोरोनाका कारण अहिले परिवारसँगै बस्ने समय मिलेको छ। परिवारसँग समय बिताउने, कुरा गर्ने, एकले अर्कालाई बुझ्ने मौका पनि हो यो समय।

परिवार सँगै हुँदा मीठो खुवाउने र खाने रहर हुन्छ। हामीले खाने खाना वा खाजा सधैं एकै किसिमको भए मन नपर्ने हुन सक्छ। बालबालिकालाई पनि एकै खाले खाजा दिँदा मन नपराउन र नखान सक्छन्।

व्यस्तताका कारण हामी प्रायः खाजामा तयारी तथा जंकफुड खान्छौं। पकाउन पनि सजिलो र समयको पनि बचत हुने भएकाले जंकफुड र तयारी खाजा बढी प्रयोग गरिन्छ। तर यस्ता खानेकुरा स्वास्थ्यका हिसाबले उपयुक्त हुँदैन।

त्यसैले आफ्नो स्वास्थ्यलाई ख्याल गरी व्यस्त भएका बेला पनि छोटो समयमा घरकै ताजा खाजा खान सकिन्छ। घरमै खाजा बनाएर खाँदा हामी आफू पनि स्वस्थ रहन सक्छौं र परिवारलाई पनि स्वस्थ राख्न सक्छौं।

लाग्न सक्छ सधैंभरि के खाजा बनाउने? यसका लागि केही ठूलो मिहेनत गर्नै पर्दैन। हाम्रो वरपर स्वास्थ्यवर्द्धक खाजा बनाउन सकिने धेरै परिकार छन्। यसका लागि दैनिक खाने खाद्यान्न जस्तै चामल, मकै, भटमास, दाल, गेडागुडी, फापर, कोदो, ताजा हरिया सागसब्जी, फलफूल आदिमा ध्यान दिए पुग्छ।

यी हाम्रो वरिपरि भएका खाद्यान्न मिलाएर खाना वा खाजा खान जाने हामी स्वस्थ हुन सक्छौं। 

प्रकाशित मिति: : 2020-10-05 08:14:11

प्रतिकृया दिनुहोस्