३२ वर्ष बुढो पदक

नेपाल लाइभ

काठमाडाैं

सराेज तामा

काठमाडौं- आफ्नो कीर्तिमान भंग भएन भनेर खुसी हुनु कि देशले पदक जित्न सकेन भनेर दुःखी हुनु। आफ्नो कीर्तिमान नतोडिँदा देश हारिरहेकाले विधान लामा खुसी हुन सकेका छैनन्। अहिलेको पुस्ता उनलाई नचिन्ला तर नेपाली खेलकुदको इतिहास पल्टाउँदा विधानलाई बिर्सन सकिने छैन। कीर्तिमानी पदकका कारण पनि। 

नेपाली खेलकुदले अन्तर्राष्ट्रिय एरिनामा पाइला टेकेको इतिहास लामै छ। यति लामो इतिहासमा पदकको खोजी गर्ने हो भने हातको औंला भाँचे पुग्छ। नेपाललाई पहिलो पदक एथ्लेटिक्सका जितबहादुर केसीले दिलाए। सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन च्याम्पियनसिपको म्याराथनमा उनले जितेको कास्य पदक नै नेपाली खेलकुदले जितेको पहिलो पदक हो। १९८० को दशक नेपाली खेलकुदमा एउटा यस्तो धावक देखियो जसको रेकर्ड दक्षिण एसियाली खेलकुद (साग) मै कसैले तोड्न सकेका छैनन्। १८८४, १९८५ र १९८७ मा लगातार तीन पटक सागको म्याराथनमा नेपाललाई स्वर्ण पदक दिलाएका बैकुण्ठ मानन्धरले १९८७ मा भने २ घण्टा १५ मिनेट ३ सेकेण्डको कीर्तिमान राखे। जुन अहिलेसम्म तोड्न सकेका छैनन्। यहि समय नेपाली तेक्वान्दोमा अर्का यस्ता कीर्तिमानी खेलाडीको उदय भयो। जुन कीर्तिमान अहिले पनि जीवित छ। त्यस्ता खेलाडी हुन्, विधान लामा। 

प्रकाशित मिति: : 2020-10-05 14:22:54

प्रतिकृया दिनुहोस्