हङ्‍कङ प्रदर्शन: चीनद्वारा गिरफ्तार एक अभियानकर्मीकी श्रीमतीको याचनासँगै अठोट, ‘प्रेमको निम्ति लड्ने छु’

बिबिसी

काठमाडाै‌

हङ्‍कङबाट ताइवान भाग्ने प्रयासमा रहेका १६ देखि ३३ वर्षका १२ अभियानकर्मीलाई अगस्ट महिनामा चीनले गिरफ्तार गरेको थियो।

राजनीतिक रूपमा अशान्त सहरबाट भाग्ने त्यो एउटा दुर्लभ र साहसपूर्ण प्रयास थियो।

उनीहरू अहिले मुख्यभूमि चीनमा कुनै अभियोगबिना पक्राउ गरिएका छन्। तीमध्ये एक जनाकी श्रीमतीले बीबीसीसँग कुराकानी गरेकी छन्।

उनले कुनै असर पर्छ कि भन्ने डरले परिचय गोप्य राख्न आग्रह गरिन्।

श्रीमानको प्रतीक्षा लामो भए पनि कुरेर बस्ने उनले बताइन्, "हामी तपाईँ घर फर्किने बाटो कुरेर बस्नेछौँ। दश वा २० वर्ष बितोस् या सारा जीवन नै -केही छैन।"

प्रकाशित मिति: : 2020-10-06 10:50:30

प्रतिकृया दिनुहोस्