रुघाखोकीभन्दा कोरोना खतरनाक होइन भन्ने ट्रम्पको पोष्ट फेसबुकले हटायो

एजेन्सी

काठमाडौं

फेसबुकले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट हटाएको छ। उक्त पोष्टमा कोभिड-१९ मौसमी रुघाखोकीभन्दा कम खतरनाक भएको लेखेका छन्। 

फेसबुकका प्रवक्ता एन्डी स्टोनले कोभिड-१९ को गलत सूचना भएका कारण उक्त पोष्ट हटाइएको जनाएका छन्। 

ट्रम्पले कोभिड-१९ को खतरालाई बेवास्ता गरिरहेका छन्। आफै उक्त भाइरसबाट सङ्क्रमित भएका समयमा पनि उनी यसलाई बेवास्ता गर्दै छन्। 

उनको मङ्गलबारको पोस्टले कोभिड–१९ लाई मौसमी रुघाखोकीसँग गलत तुलना गरेको बताइएको छ। सोही सन्देश उनले ट्वीटरमा पनि राखेका छन्। 

गत अगस्तमा फेसबुक र ट्वीटर दुवैले ट्रम्पको कोभिड–१९ सँग सम्बन्धित पोष्टमा गलत सूचना भएको भन्दै हटाएका थिए। 

प्रकाशित मिति: : 2020-10-06 23:08:01

प्रतिकृया दिनुहोस्