सडक दुर्घटनामा परि घाइते भएका क्रिकेट खेलाडी ललित डिस्चार्ज

सडक दुर्घटनामा परि घाइते भएका क्रिकेट खेलाडी ललित सिंह भण्डारी डिस्चार्ज भएका छन्।

मंगलबार  ग्रान्डी अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्।

गत भदौ २८ मा झलारी बजारमा ललित र उनका नातेदार करण ठगुन्ना सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परि ललितको दायाँ हात, खुट्टा, टाउको र छातीमा चोट लागेको थियो । हातको कुम, एंकल लगायतका भागहरुमा चोट लागेको थियो । 

ललितलाई धनगढीको निसर्ग अस्पताल हुँदै राती नै बाँकेस्थित कोहलपुर शिक्षण अस्पतालमा उपचार ल्याइएको थियो ।

कोहलपुरमा उनको पूर्ण उपचार हुन नसकेपछि उनलाई सिम्रिक एअरको हेलिकप्टरमार्फत ग्राण्डीमा ल्याइएको थियो । 

उनको हातको तीन भाग र खुट्टाको एक भागमा शल्यक्रिया भएको छ।
 

प्रकाशित मिति: : 2020-10-07 06:20:04

प्रतिकृया दिनुहोस्