कटुवा पेस्तोलसहित दुईजना पक्राउ

बाँके प्रहरीले कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । 

जिल्लाको नरैनापुर गाउँपालिका ५ सर्बराजपुरुवास्थित हुलाकी सडकखण्डमा हातहतियारको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय भगवानपुरबाट
खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

ती दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ।  

एसपी ओमबहादुर रानाका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उहानरपालिका २० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र वडा नम्बर १९ बासुदेबपुर बस्ने ३३ वर्षीयईब्राहिम बेहना रहेका छन् ।  

पक्राउ परेकामध्य बेहना शकास्पद प्लाष्टिक बोरा भुईमा फालेकाले उक्त बोरा प्रहरी टोलीले खोली हेर्दा सो भित्र रहेको कटुवा पेस्तोल भेटिएको उनले जानकारी दिए । 

रानाका अनुसार ६२ वर्षीय नाँउले लगाएको स्टकोटको बया खल्तीमा रहेको कटवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड फेला पारी नियन्त्रणमा लिइएको थियो ।  

दुवै जनालाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने  कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-07 13:03:10

प्रतिकृया दिनुहोस्