किन अवैध बाटो रोज्दैछन् महिला श्रमिक ?

नेपाल लाइभ

काठमाडाै‌

काठमाडौं–भूकम्पले भत्किएको घर बनाउँदा लागेको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोककी सुक्रानी तामाङ ९वर्ष ३६० ले वैदेशिक रोजगारीमा जाने सोच बनाइन्। उनी श्रम स्वीकृति लिएर जोर्डन जाने सोचमा थिइन्। मेडिकल फेल भएपछि उनी जोर्डन जान पाइनन्। 

पासपोर्ट बनिसकेको थियो। जोर्डन जान भनेर काठमाडौं आइसकेकी सुक्रानीलाई फेरि सिन्धुपाल्चोक फर्कन मन लागेन। गाउँकै एक एजेन्टले मेडिकल फेल भए पनि भारत हुँदै कुवेत जान मिल्ने सुनाए। 

‘श्रीमान घरमै बस्ने हुँदा अरु आम्दानीको बाटो थिएन। ऋण लागेको छ के गर्नु? एक पटक विदेश जान पाए त ऋण तिरिन्थ्यो कि भन्ने लाग्यो। जान पाइन्छ भने त भारतबाट भए पनि जानुपर्छ भनेर हिडेँ’, उनले भनिन्। 

गत फागुन ५ गते सुक्रानी र उनकी १९ वर्षीया छोरीसमेत भारत हुँदै तेस्रो मुलुक जान तयार भए। 

भारत हुँदै कुवेत लैजाने भनेर उनलाई दलालले युएईस्थित स्थानीय म्यानपावर एजेन्सीमा बिक्री गरिदिएको थाहा भएपछि उनी त्यहाँबाट भागिन्। एनआरएएको सहयोगमा अहिले उनी स्वदेश फर्किएकी छन्। केही समय सम्पर्कविहीन रहेकी उनकी छोरीले भने युएईमै घरको काम पाएको खबर सुक्रानीले पाएकी छन्। 

प्रकाशित मिति: : 2020-10-09 07:55:39

प्रतिकृया दिनुहोस्